पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७७ जनको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३४ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ८२८ र एन्टीजेनबाट ९४ हजार ७२६ पुगेको छ।
नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् ।































प्रतिक्रिया