जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन्। १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३ सय ३९ जनाले नेपाली नागरिकता लिएका हुन्। चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।
साेही अवधिमा नौ सय ५० लाई राहदानीका लागि सिफारिस गरिएकाे छ भने चार सय ४७ जनाले राहदानी पाएकाे जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिए।
प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेकाे छ।
एक हजार एक सय ९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन्। जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतकाे दरबन्दी रहे पनि उद्वव पन्थी मात्र छन्। बाँकी दुई अधिकृत पद रिक्त छ।































प्रतिक्रिया