आजको पात्रो : आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि। १९ कात्तिक, शुक्रबार। आज गोवर्द्धन पूजा अर्थात् गाईगोरु पूजा। आजको दिनलाई हलितिहार पनि भनिन्छ। आज म्ह पूजा पनि हो। नेवारी समुदायमा आफ्नो शरीरको पूजा आफैंले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ। आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ।
आजबाट ११४२ बर्ष प्रारम्भ भएको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले नेपाल संवतको स्वागत गर्ने गर्छन्।
आज सूर्योदय बिहान ६ः१८ भयाे भने सूर्यास्त १७ः१५ मा हुनेछ। आयुष्मान योग, स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा रहेको छ। आज बिहान ११ः२६ देखि १२ः१० सम्म अभिजित मुहूर्त छ। आजको देवता हुन चन्द्रमा ग्रहदेव हुन केतु।
आज तिहारको चौंथो दिन हो। आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ। सनातनशास्त्रमा गाई भनेका माता समान हुन्। गोरु किसानको लागि सबैभन्दा सहयोगी हो। त्यसैले आजको दिन गाईगोरुलाई मीठो खानेकुरा खान दिएर पूजा गर्ने प्रचलन छ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिको जातकको लागि आकस्मिक अर्थ लाभ हुनेछ। दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने संभावना छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईँले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ। आर्थिक हानी हुनसक्ने छ। त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन्। आफूले गरेको गल्तीहरुको समीक्षा गर्नुपर्ने हुन्छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
यदि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ। मनमा अशान्ति छाउने छ। अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ। नयाँ पुस्तक पढ्ने गर्दा तपाईंमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ। कसैसँग पनि वादविवाद गर्दा तपाईंको लागि अपजस आउनसक्छ। त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर सम्झनु होला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। यात्राका समस्या हुनसक्छ। मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ। तपाईंले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला। मनमा अनेन कुरा नखेलाउनु होला। कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला। कुनै नयाँ काम गर्न आँट्नु भएको छ भने बाधा आउन सक्छ। आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस्।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ। चन्द्रमाको साथ छ, त्यसैले तपाईंले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ। सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ। तपाईंको मन समाजको हितको काममा लाग्नेछ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रामा अनावश्यक समस्या आउनसक्छ। स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला। तपाईंले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुन सक्छ। त्यसको कारण तपाईंमा चिन्ता उत्पन्न हुन सक्छ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापार ब्यबसायबाट लाभ हुनेछ। सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र स्त्रीबाट सहयोग हुनेछ। धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दक्षिणा दिनुभएकामा तपाईंको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन्।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कार्यसिद्धि हुनेछ। तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ। यात्रा गर्नु अघि एकपटक सोच्नुहोला। यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला। परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ त्यसैले वादविवादमा नफस्नु होला।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुभ्म राशिका जातकको लागि स्वास्थ्यसमस्या हुनसक्छ। मनमा अशान्ति जाग्नेछ। यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु वेश हुनेछ। तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ। परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्न सक्छन्।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा समस्या छ भने निको हुँदै जानेछ। विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ। परिवारबाट छुट्निु पर्ने हुनसक्छ। आजको दिन तपाईले हरेक कामा सर्तकता अपनाउनुहोला। आफूले गरेको कामबाट तपाईंलाई निकै सन्तुष्टी मिल्नेछ। त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ।





























प्रतिक्रिया