काठमाडौं उपत्यकामा ८२ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८२ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ८२ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ४७, भक्तपुरमा ९ जना र ललितपुरमा २६ संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३१ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९४ हजार ४३४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार २८९ र एन्टीजेनबाट ९४ हजार ८०४ पुगेको छ। 

नेपालमा हाल ८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।

Logo