आजकाे माैसमः देशभर हल्का वर्षा र हिमपातको सम्भावना

आजकाे माैसमः देशभर हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ। दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo