नेइमार र एम्बापे चम्किएपछि पीएसजी ३–२ गाेलअन्तरले विजयी

नेइमार र एम्बापे चम्किएपछि पीएसजी ३–२ गाेलअन्तरले विजयी

केन्द्रबिन्दु
0
Shares

नेइमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गए राति फ्रेन्च लिग वान फुटबलमा बोर्डोलाई ३–२ ले हराएको छ।

भ्रमणकारी पीएसजीले ६३औँ मिनेटमा ३–० को अग्रता लिए पनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा दुई गोल खाएको थियो। एमबाप्पेले एक गोल आफैंले गर्नुका साथै नेइमारको दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए। 

पीएसजीले २६औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो। नेइमारले ४३औं मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले ३–० को अग्रता लिएको थियो।

बोर्डोका अलबर्थ इलिसले ७८औँ मिनेटमा गोल फर्काए। इन्जुरी समयमा घरेलु टोली बोर्डोका एम’बाए नियाङले गोल गरे पनि बोर्डोलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।

कुर्कच्चा र ह्यामस्ट्रिङ चोटका कारण लियोनल मेसीले यो खेल गुमाएका थिए। जीतपछि पीएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ। पीएसजीले १३ खेलबाट ३४ अंक जोडेको छ। दोस्रो स्थानको लन्सको २४ अंक छ। तेस्रो स्थानको निसको २३ अंक छ। निसले एक खेल कम खेलेको छ।

Skip This
Skip This
Logo