लार्फागाउँमा खानेपानीकाे चरम अभाव, पानीकै निहुँमा दिनहुँजसो झगडा

लार्फागाउँमा खानेपानीकाे चरम अभाव, पानीकै निहुँमा दिनहुँजसो झगडा

केन्द्रबिन्दु
0
Shares

पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ। गाउँ नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौंदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्। 

पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ। सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ। बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने उनले बताइन्। यस्तै, जितन बिश्वक्रर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने बताए।

गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन्। अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडाध्यक्ष बिरी कामीले बताए। 

कर्णालीका विकट गाउँका नागरिक अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन्।

Skip This
Skip This
Logo