टी–२० विश्वकप: सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास

टी–२० विश्वकप: सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्यो इतिहास

केन्द्रबिन्दु
0
Shares

आइसिसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी–२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।

पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अस्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अस्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

सन् २००९ को टी–२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन। पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन।

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी–२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

पाकिस्तान, इङ्ल्यान्ड र अस्ट्रेलिया टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन्।

सबैभन्दा धेरै पटक टी–२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरू: 

पाँच पटक–पाकिस्तान

चार पटक–अस्ट्रेलिया

चार पटक–श्रीलंका

चार पटक– वेस्ट इन्डिज

तीन पटक– इंग्ल्याण्ड

तीन पटक–भारत

दुई पटक–न्युजिल्याण्ड

दुई पटक–दक्षिण अफ्रिका

भारत र न्युजिल्याण्ड टोली सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ। 

Skip This
Skip This
Logo