तीन दिनदेखि हराएका मोरङका बालक मृत फेला

तीन दिनदेखि हराएका मोरङका बालक मृत फेला

केन्द्रबिन्दु
0
Shares

तीन दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका-५ हात्तीमुडाका एक बालक मृत फेला परेका छन् ।

उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधबार बिहान घरदेखि पूर्वपट्टिको सिंघीया खोलामा फेला परेको हो ।  निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए । 

तीन दिनदेखि हराएका निश्चलको शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । 

बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घट्नाबारे अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । 

घटना रहस्यमय रहेको भन्दै मृतकका परिवारले हत्या गरेर छोराको शव फालेको भन्दै घटनाको अनुसन्धानका लागि माग गरेका छन् । छोरा हराएको लिखत उजुरी प्रहरी कार्यालयमा समयमै दिँदा पनि प्रहरीले गम्भीर रूपमा खोजी नगरेको परिवारको आरोप छ ।

Skip This
Skip This
Logo