आईसीसी टी–२० विश्वकपः बलियाे मानिएकाे पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

आईसीसी टी–२० विश्वकपः बलियाे मानिएकाे पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

केन्द्रबिन्दु
0
Shares

म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे। 

अष्ट्रेलियाको जीतमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे। दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जीत दिलाएको थिए। अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए।

यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहमद रिजवाल सर्बाधिक ६७ र फकर जमानले ५५ रनको  अर्धशतकीय इनिङ्स खेले।

 विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

Skip This
Skip This
Logo