नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ। सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए। संस्थापनइतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन्।
पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन्। शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन्। त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ।
१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौँबाट आफू निकट मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन्। मन्त्रिपरिषद् विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफल समेत नभएको नेताहरू बताउँछन्। त्यति बेला पौडेल निकट दिलेन्द्र बडू कानुनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका थिए । अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया