एक सय ८४ किलो चरेससहित चितवनबाट तीनजना पक्राउ

एक सय ८४ किलो चरेससहित चितवनबाट तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ। 

रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
    
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो। पन्तको घरलाई वडा नं १५ निवासी उद्वव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। 

गोदामबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनप्रासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो। उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ।

Skip This
Skip This
Logo