प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्। नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पारे ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरुले पनि लिनुपर्ने तर्क गरे ।
नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने/नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहोर्याए। उनले सरकारले विकास र समृद्धिको बारेमा चासोसमेत नदिएको भन्दै आपत्ति जनाए।





























प्रतिक्रिया