नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन गर्न बसेको बैठक शनिबार पनि निष्कर्षबिहीन बनेको छ।
महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच विवाद भएपछि बैठकमा सहमति जुट्न नसकेको हो।
सर्वसम्मतिमा चयन हुने अवस्था नदेखिएपछि आइतबार जिल्ला कार्यालयको बैठक बसेर निर्वाचन आयोग गठन गर्ने तयारी भइरहेको नेकपा एमाले महोत्तरीले जनाएको छ।
महोत्तरीमा एमालेका लगभग १७ हजार ७ सय सदस्य रहेको र ४ वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा विधानअनुसार महोत्तरी जिल्लाबाट २८ जना प्रतिनिधि चयन गर्नुपर्ने नेकपा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीले जानकारी दिए।





























प्रतिक्रिया