आज यी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

आज यी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले पहाडी क्षेत्रहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसो: देशका प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशका प्रदेश १, गण्डकी प्रदेश र सु.प. प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सोमबार
दिउँसो: देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo