उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ।

मंगलबार प्रदेश १, वाग्मती र गण्डकीका पहाडी  क्षेत्रमा आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  महाशाखाले आह्वान गरेको छ। 

सोमबार
दिउँसो: देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo