आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

केन्द्रबिन्दु
0
Shares

आरएसडीसी लघुवित्त वित्तीय संथाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार सोमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा एसियन होटल कालिकानगर बुटवलमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साथै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेडा छन् ।

Logo