मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ। गए रातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए। 

राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ। आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।

तस्बिर साैजन्य : सुकमाया शाही 

Skip This
Skip This
Logo