माओवादी महाधिवेशनमा प्यानल उम्मेदवारी दिन नपाइने

माओवादी महाधिवेशनमा प्यानल उम्मेदवारी दिन नपाइने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेदवारी दर्ता गर्न रोक लगाउने भएको छ । 

महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेदवारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ । 

माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधवार उद्घाटन गर्ने जनाएको छ । 

सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । 

निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ । 

Logo