विश्वकप छनोटः ब्राजिलसँग रोकिएपछि अर्जेन्टिनालाई अर्काे खेल कुर्नु पर्ने

विश्वकप छनोटः ब्राजिलसँग रोकिएपछि अर्जेन्टिनालाई अर्काे खेल कुर्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ। 

बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो। यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन। अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नु पर्ने हुन्छ। 

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो। अर्जेन्टिना बल पोसेसनमा बलियो देखिए पनि गोल भने गर्न असफल भयो। 

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ। अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ। इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलम्बिया १८ अंकसहित चौथो स्थानमा छ।

Skip This
Skip This
Logo