प्रदेश १ः मुख्यमन्त्री राई आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने

प्रदेश १ः मुख्यमन्त्री राई आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदैछन्। 

राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारकाे बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए।

आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ। एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजकाे बैठकमा एमालेकाे सहभागिता हुने बताए।

Skip This
Skip This
Logo