सबैभन्दा बढी कर तिर्ने ब्यवसायीका रुपमा सिप्रदीका अध्यक्ष राणा सम्मानित

सबैभन्दा बढी कर तिर्ने ब्यवसायीका रुपमा सिप्रदीका अध्यक्ष राणा सम्मानित

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७७/७८ मा ब्यक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यवसायीका रुपमा सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणा सम्मानित भएका छन्। 

राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर बुधबार राणालाई सरकारले सम्मान गरेको हाे। उनी विगतका वर्षहरुमा समेत सबैभन्दा बढी कर तिर्ने ब्यक्तिका रुपमा सम्मानित हुँदै आएका भएपनि अघिल्लो वर्ष भने जावलाखेल डिस्टिलरीका विजय शाहले उछिनेका थिए।

राणा पारदर्शी व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्ने ब्यवसायी हुन्।

राणा अध्यक्ष रहेको सिप्रदी ट्रेडिङले नेपालमा टाटा गाडीको आधिकारिक वितरकका रुपमा कार्य गर्दै आइरहेको छ । यस बाहेक उनी हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा पनि संलग्न छन्।

Skip This
Skip This
Logo