साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा बन्द भएको छ।
सुरुवाती समयदेखि उतारचढाव देखिएको बजार अन्तिम समय आएर केही खस्किएको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । । सेन्सिटिभ इन्डेक्स ४.२५ अंकले घटेर ५२१.१९ अंकमा बन्द भएको छ।
आज बजारमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर कारोबार हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही गिरावट भएको हो ।
आज नेप्सेमा २२४ कम्पनीको सेयर कारोबारमा आएकोमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज १३ वटै उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी गुमाउनेमा हाइड्रो २.८४ प्रतिशत, व्यापार २.१७ प्रतिशत र विकास बैंक २.०२ प्रतिशत रहेको छ ।





























प्रतिक्रिया