नेपाल भ्रमणमा रहेका याेगगुरू रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन्।
पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जली नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जली सेवा सदनको उद्घाटन कार्यक्रममा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन्।
‘भारतीयभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैनथे। तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ। अहिले सारा नेपालीले चिन्दछन्।’
भौगोलिकरूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हाैं। म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ। सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ।’
नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलीको पनि भूमिका रहेको बताए।
साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी थिए।































प्रतिक्रिया