आज २२ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
जर्मनीमा पहिलो महिला चान्सलर
सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन्। पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन्। मर्केलले सन् २००५ देखि जर्मनीमा एकछत्र शासन गर्दै आएकी छिन्। सन् २००२ देखि सन् २००५ सम्म प्रमुख विपक्षी दलकी नेतृ रहेकी मर्केल सन् २००२ देखि सन् २००८ सम्म क्रिश्चियन डेमोक्रयाटिक युनियनको नेतृ बनेकी थिइन्।
युक्रेनमा ओरेन्ज रिभोलुसन
निर्वाचित सरकारले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा युक्रेनका विपक्षीले सन् २००४ मा ठूलो आन्दोलन गरेका थिए। ओरेन्ज रिभोलुसन नाम दिइएको सो क्रान्तिपछि देशमा निर्वाचन प्रणालीमा सुधार आएको थियो। सोही क्रान्तिको स्मरणमा सन् २००५ को २२ नोभेम्बरलाई स्वतन्त्रता दिवस घोषणा गरिएको थियो।
पहिलो एनिमियटेड चलचित्र
सन् १९९५ मा निर्माण गरिएको टोरी स्टोरी कम्प्यु्टरबाट एनिमियटेड गरिएको पहिलो चलचित्र हो। मानवजस्तै एउटा खेलौनाको साहसमा आधारित यस चलचित्रले ओस्कारलगायत अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो।
टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पिनको उपाधी विश्व बक्सिङ परिषद्ले सन् १९८६ मा चर्चित बक्सिङ खेलाडी माईक टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियन घोषणा गरेको थियो। च्याम्पियन घोषित हुँदा उनी २० वर्षका थिए।
जोन अफ केनेडीको हत्या
सन् १९६३ को २२ नोभेम्बरमा अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो। टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केनेडीको हत्या गरेका थिए। केनेडी पदमै रहँदा हत्या हुने चौथो अमेरिकी राष्ट्रपति हुन्। यसअघि अब्रांहम लिंकन, जेम्स अब्रांहम गारफिल्ड र विलियम म्याकिन्लेको पनि पदमा रहेकै बेला हत्या भएको थियो।
चीनमा ४३ वर्षयताकै न्यून जन्मदर, हरेक वर्ष १ प्रतिशतले घट्दै
चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ। सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसंख्या मन्त्रालयले जनाएको छ। ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ।
सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो। शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापीरुपमा देखिएको कोभिड संक्रमणसँग पनि जोडिएको छ।
चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो। सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो।
देशको जन्मदर वर्षौंदेखि घटिरहेको छ। उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठूलो अर्थतन्त्र भएको देश चीनमा दीर्घकालीन असर पार्ने विज्ञहरु बताउँछन्।
घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा चीनको जनसंख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको थियो।
सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो। सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो।
तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरु बताउँछन्।एजेन्सी





























प्रतिक्रिया