कांग्रेसको १४औं महाधिवेशनः विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र

कांग्रेसको १४औं महाधिवेशनः विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। निधिले सोमबार बेलुकी २३ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन्। 

घोषणा पत्रमा निधिले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जनाएका छन्।

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको निधिले बताएका छन्। 

Logo