इतिहासमा आजः लाइवेरियामा पहिलो महिला राष्ट्रपति, फिलिपिन्समा नरसंहार

इतिहासमा आजः लाइवेरियामा पहिलो महिला राष्ट्रपति, फिलिपिन्समा नरसंहार

केन्द्रबिन्दु
0
Shares

आज २३ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

फिलिपिन्सको नरसंहार
सन् २००९ मा फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भएको थियो। २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीको एउटा समूहले गोली हानेर हत्या गरेका थिए।

लाइवेरियाले पहिलो महिला राष्ट्रपति
सन् २००५ मा लाईवेरियाले पहिलो महिला राष्ट्रपति पाएको थियो। सोही वर्षको २३ नोभेम्बरमा उनी लाईवेरियाको राष्ट्रपति बनेकी थिइन्। उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

१०० मिटर उचाइबाट समुद्रमा हाम फाल्ने व्यक्ति
सन् १९७६ मा फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाइबाट समुद्रमा हाम फालेका थिए। हाम फाल्दा उनी ४९ वर्षका थिए। उनले यसअघि १०५ मिटर उचाइबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए।

स्वीडेनमा मृत्युदण्ड पाउने अन्तिम व्यक्ति
सन् १९१० मा स्वीडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो। एक महिलाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्वीडेनका अन्तिम नागरिक हुन्। सन् १९२१ मा स्वीडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गरेको थियो।

Logo