चीनले साना देशलाई कहिल्यै धम्की दिँदैनः राष्ट्रपति सी

चीनले साना देशलाई कहिल्यै धम्की दिँदैनः राष्ट्रपति सी

केन्द्रबिन्दु
0
Shares

चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि धम्की नदिने बताएका छन्। 

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो धारणा व्यक्त गरेका हुन्। ‘चीनले साना देशहरुलाई कहिल्यै धम्की दिन्न। हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं,’ उनले भने। 

दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो। चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन्। 

दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ। 

सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन्। सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन। गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको  सेनाले सत्ता नियन्त्रणमा लिएको थियो।एजेन्सी

Logo