प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेले साेमबार स्थायी कमिटी डाकेकाे थियाे। तर नेताहरुकाे कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएकाे थियाे।
एमालेकाे १०औँ महाधिवेशनकाे तीन दिन अघि स्थायी कमिटी बस्न लागेकाे हाे। बैठकले महाधिवेशन प्रतिनिधि मनाेनयन गर्ने नेता तामाङले जानकारी दिए। एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ।
विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिकाे पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ। यसरी करिब एक सयकाे हाराहारीमा महाधिवेशन प्रतिनिधि मनाेनित हुनेछन्।
बैठकमा महाधिवेशनकाे तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ।
यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन्। महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।































प्रतिक्रिया