हरिसिद्धि सडक २५ मंसिरभित्र कालाेपत्रे गर्न स्थानीयसँग लिखित सहमति

हरिसिद्धि सडक २५ मंसिरभित्र कालाेपत्रे गर्न स्थानीयसँग लिखित सहमति

केन्द्रबिन्दु
0
Shares

ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्रे नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएकाे छ। 

हरिसिद्धि सडक खुलाउन साेमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन्।

सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसीले बताए। 

डिभिजन सडक कार्यालयका प्रमुख पाण्डेले समयमा काम पुरा नगरे ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गरिने बताए। 

वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए। सहमति अनुसार २ किलोमिटर सडक कालाेपत्रे हुनेछ।

Skip This
Skip This
Logo