नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने भएका छन्।
च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताए।
'सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन्। जनसहभागिता कमी हुने छैन। वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,' उनले भने।
'लोकतन्त्रमा चुनौती स्वाभाविक'
अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन्। अल्फाविटामा सम्पादकहरुसँग अन्तर्क्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वाभाविक भएको बताए।
'रावलजीले मलाई चुनौती दिनु भएको छ। मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो। उनको स्नेहपूर्ण सुझाववाट प्रभावित छु। रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,' उनले भने।
अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए। 'म उठने/ नउठने कुनै टुंगो गरेको छैन। मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,' उनले भने।
आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो। 'म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्न । नउठोस् भनेर दबाब दिने छैन। सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन। करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,' उनले भने।





























प्रतिक्रिया