नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेद्वारीलाई स्वाभाविक रुपमा लिने बताएका छन्। अल्फाविटामा सम्पादकहरुसँग अन्तर्क्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए।
'रावलजीले मलाई चुनौती दिनु भएको छ। मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो। उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु। रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ। तर, रावलजीको मनमा यो छैन,' उनले भने।
अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए। 'म उठने/ नउठने कुनै टुंगो गरेको छैन। मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,' उनले भने।
आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो। 'म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्न। नउठोस् भनेर दबाब दिने छैन। सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन। करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,' उनले भने।































प्रतिक्रिया