माधव नेपाललाई ओलीको कटाक्ष: चोइटिएर एमाले नेता घटेका छैनन्

माधव नेपाललाई ओलीको कटाक्ष: चोइटिएर एमाले नेता घटेका छैनन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन्।

'चोइटिएर एमालेका नेता घटेका छैनन्। निर्वाचित गराएकाले पार्टी छाडेका हुन्। छाड्ने कम छन्। प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,' सम्पादकहरुसँग उनले भने।

आउने चुनावपछि एमालेले सरकार चलाउने उनको भनाइ छ। 'राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,' उनले भने।

अध्यक्ष ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन्। 

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए। 

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए। 

Skip This
Skip This
Logo