केपी ओली मधेसी जनता विरोधी एक नम्बर खलनायक हो: प्रचण्ड

केपी ओली मधेसी जनता विरोधी एक नम्बर खलनायक हो: प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओली मधेसी जनता विरोधी खलनायक भएको आरोप लगाएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले महन्थ ठाकुर र राजेन्द्र महतो खलनायक ओलीको पछाडि लाग्दा मधेसी जनताले स्पष्ट हुने मौका पाएको बताए । महन्थ र राजेन्द्रको नेगेटिभ रोलले माओवादीलाई फाइदा पुगेको उनको तर्क थियो ।

'अहिले मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ । जनता क्लियर छन् । हजारौँ हजार उर्लिएर आउने अवस्था देखिएको छ । यसमा हाम्रो पोजेटिभ भूमिका छ । तर नेगेटिभ रोल पनि कम छैन । त्यसैले राजेन्द्र महन्थजीलाई धन्यवाद भनेको छु । तपाईँहरूले केपी ओलीको अगाडि आत्मसमर्पण गरेर माओवादीलाई ठुलो गुन लाउनुभयो,' उनले भने ।   

नेपालमा संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझेको दाहालको तर्क छ ।

'मसिहा हु भन्ने नेताहरूले उसैका अगाडि आत्मसमर्पण गरिदिए र जनतालाई छ्यास हुन मद्दत गर्‍यो,' उनले भने, 'अहिले त्यसरी नेगेटिभ र पोजेटिभ मिल्न गएको छ । देश भरी पनि मिल्न गएको छ । पहाडमा पनि हिमालतिर पनि । मधेसीलाई ठग्ने मधेसी दलाल हुन् । पहाडीलाई ठग्ने पहाडी दलाल हुन् । दलालविरुद्ध लड्नुपर्छ ।' फईल तस्बिर

Logo