सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने

सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ। बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पिएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो। 

च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पिएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो। यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए। 

प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पेलगायतलाई टोलीमा समावेश गरेका छन्। समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ। तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ।

दुई जित र दुई बराबरसहित अपराजित रहेको पिएसजी ८ अंकसहित दोस्राे स्थानमा छ। यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन्। 

Logo