केपी ओलीको बोलीलाई अब जनताले विश्वास गर्न छोडे : माधव नेपाल

केपी ओलीको बोलीलाई अब जनताले विश्वास गर्न छोडे : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताएका छन्। 

मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठबन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गरेपछि नेपाली जनताले ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताए। 

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरि र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदैछ। त्यसको परिणाम एमालेले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ।’ ओलीको प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए।

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध सजग र सतर्क रहन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए। पार्टीका धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ संयोजक धर्मनाथ साह, प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो लगायतले मन्तव्य राखेका थिए।

Skip This
Skip This
Logo