नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेद्वारको मनोनयन मंसिर ११ गते र मतदान शुरु १२ गते बिहान ८ बजेबाट हुने भएको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १,९९९ बाट बढेका छन्। पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए। उनले पदेन प्रतिनिधि २३८ र निर्वाचित प्रतिनिधि १,८७९ निर्वाचित भइसकेको जानकारी दिए। महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६७ जना रहेको पनि उनले बताए।
महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन्। अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन्। त्यसमा मनोनित र चयन हुन बाँकी ६७ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने बताइएकाे छ।





























प्रतिक्रिया