नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधि अमर गिरीले पार्टी परित्याग गरेका छन् । गिरीले बुधबार प्रेस वक्तब्य जारी गर्दै पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टी प्रवेश गरेको घोषणा गरेका छन् ।
गिरीले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन बढेको, महाधिवेशनबाट पारित नीति, कार्यदिशा विपरीत भएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाउँदै दक्षिणपन्थी विचलनको आफूले सदैव आलोचना गर्दै आएको विज्ञप्तीमा उल्लेख गरेका छन्।
उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण र नैतिक मूल्य नभएको भन्दै गम्भिर आरोप लगाएका छन्।
एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा गर्दै त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपर्ने भए पनि त्यसो नभएको गिरीको आरोप छ।
शुक्रबारदेखि सुरु हुँदै गरेको दशौं महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरीले बताए।
































प्रतिक्रिया