वैदेशिक रोजगारी: श्रममन्त्री श्रेष्ठको त्यो कदम, जसले एजेन्टहरूको ठगिबाट जोगिए युवा

वैदेशिक रोजगारी: श्रममन्त्री श्रेष्ठको त्यो कदम, जसले एजेन्टहरूको ठगिबाट जोगिए युवा

केन्द्रबिन्दु
0
Shares

विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरू एजेन्टहरूको ठगिबाट जोगिएका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरूलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरू ठगिनबाट जोगिएका हुन् ।

वैदेशिक रोजगारीमा जान चाहनेहरूले एजेन्टबाट भोग्नुपरेका समस्याका बारेमा सञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पटाउँदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटेल पुगेका थिए । मंगलबार राती मन्त्रीको मोबाइलमा आएको सूचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरू राखिएको होटेल बाल्टिक इन सिनामंगल पुगेका थिए । बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरूलाई अनिवार्य सात दिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटेल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो । पीडित युवाहरूले आफूहरूलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसँग गरेका थिए ।

पीडितहरूको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन पनि दिएका छन् । मन्त्री श्रेष्ठले भने – ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे । जो जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईँलाई मर्का पर्‍यो होला, कसले एग्रिमेन्ट गर्‍यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरुसँग माग्ने होइन ।’

वैदेशिक रोजगारीमा जाने युवाहरूले भोग्नुपरेको समस्याबारे थप छानबिन हुने र भविष्यमा यस्ता दुःख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आश्वासन समेत दिएका छन् । उनले भने – ‘भाइहरूले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी । मन्त्रालयको हेड त म हो । एउटा खरिदार, कर्मचारी जसले गल्ती गरेपनि त्यसको जिम्मेवारी त मैले लिनुपर्‍यो । म फेरी जिम्मेवारीबाट पन्छिने मन्त्री होइन । भाइहरू कोही ४ दिन, कोही ५ दिन, कोही ७ दिन बसेको छ । त्यो हिसाबले क–कसको लिनुभएको छ फिर्ता गर्नुस् । उहाँहरू उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एक जना भाइहरूले कम्प्लेन गर्‍यो भने तपाईँलाई सिधै थुन्छु है म फेरी । क्लियर हुनुस् है त ।’

पीडित युवा शंकर नेपालले होटेल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सूचना पुर्याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सूचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्टाइदिएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताएका छन् । भाषा परीक्षा पास गरेका युवाहरू बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन् ।

Skip This
Skip This
Logo