डिला संग्रौलाको पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण

डिला संग्रौलाको पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली काँग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताएका छन् ।

पुस्तक लेखक डा. संग्रौलाले नेपाली काँग्रेसलाई आगामी दिनमा कसरी अगाडी बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टी भित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताएकि छिन् । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर काँग्रेसका कमी, कमजोरीहरूलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरेकी छन् । पार्टीको १४ औँ महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरू समक्ष लैजाने अठोट गरेको उनले बताइन् ।

१३९ पृष्ठको पुस्तक डा. डिला संग्रौला पन्तको सचिवालयले प्रकाशन गरेको हो । पुस्तकमा नेपाली काँग्रेसको संक्षिप्त इतिहास, नेपाली काँग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली काँग्रेसका उपलब्धिहरू, नेपाली काँग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा काँग्रेस, जनताले चाहेको अबको काँग्रेस, अमूल्य योगदानका अग्रजहरू र १४ औँ महाधिवेशनका एजेण्डाहरु गरी ८ वटा उपशिर्षकमा लेखहरू लेखिएका छन् ।

Logo