कांग्रेसले माओवादी र समाजवादीलाई लत्त्याएर हिँड्छ: ओली

कांग्रेसले माओवादी र समाजवादीलाई लत्त्याएर हिँड्छ: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् । 

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ । 

‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने । 

Skip This
Skip This
Logo