विप्लव नेतृत्वकाे नेकपाले मनायो पार्टी पुनर्गठन दिवस

विप्लव नेतृत्वकाे नेकपाले मनायो पार्टी पुनर्गठन दिवस

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा  बुधबार र्‍यालीसहित सभाको आयोजना गरेकोे छ। चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएकाे थियाे । 

र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।

Skip This
Skip This
Logo