नेपाली कांग्रेसको आसन्न १४ जिल्ला अधिवेशनमा निष्ठा, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली कांग्रेसमा खटिएका अग्रज राजनीतिज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेलले सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन्।
निष्ठा र त्यागको राजनीति गर्ने पौडेलको उम्मेद्वारीले इमान्दार कार्यकर्ताहरु निक्कै उत्साहित देखिएका छन्। कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिकरुपमा सशक्त रुपमा अघि बढाउन ०४७ सालदेखि ०७८ सालसम्म आईपुग्दा अच्युतप्रसाद पौडेलको नाम सुनौला अक्षरले लेखिएको छ। निरन्तररुपमा पार्टीको जिल्ला समितिमा रहेर उनले पार्टीलाई अतुलनिय योगदान दिएका छन्। जसका कारणले पटक पटक कांग्रेस काभ्रेमा स्थापित हुन मद्दत पुगेको छ।
२०३६ सालदेखि नेबिसंघको राजनिती मार्फत आफूलाई राजनीतिक कार्यकर्ताको रुपमा अघि सारेका पौडेलले अहिलेसम्म पनि कुनै लोभ र लालच नगरी पार्टीलाई आवश्यक परेको समयमा मन, धन र कर्मले सहयोग गरेका छन्। किशोर अवस्थादेखि नै पार्टीको काममा लागेका उनले कहिल्यै पनि जागिर खानु पर्छ भनेर सोचेनन्। परिवार पाल्नको लागि व्यापार व्यवसाय गरे। त्याग र निष्ठालाई निरन्तर जीवनमा लगाइरहे। उनको आर्दशले समाजमा धेरै कुरा सिकेको छ।
२०४८ सालमा काभ्रेका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति बन्ने मध्येको एक थिए पौडेल। उनीसँगै मधुप्रसाद आचार्य, शिवप्रसाद हुँमागाई, शंखबुद्ध लामा क्षेत्रीय सभापति भएका थिए। करिब २१ वर्षसम्म क्षेत्रीय सभापति बनेर सो क्षेत्रको संगठन निर्माणमा उनले खेलेको भूमिका कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझेका छन्। आठौं महाधिवेशनदेखि ११ औं महाधिवेशनसम्म उनले क्षेत्रीय सभापति बनेर पार्टीलाई निरन्तर योगदान दिए। सोही महाधिवेशनदेखि हालको १४ औं महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधि भइसकेका छन्।
२०४७ साल माघ १३ देखि हालसम्म उनले जिल्ला समितिमा रहेर काम गरिरहेका छन्। नेपाली कांग्रेसको संगठन विभागमा रहेर काम गरेको अनुभव पौडेलसँग छ। उनी नेपाली कांग्रेस काभ्रेको सहसचिव, सचिव बन्दै अहिले उपसभापतिको भूमिकामा छन्। धेरै संसदीय निर्वाचन, स्थानीय तहका निर्वाचनमा उनले निर्वाचन कमाण्डर बनेर धेरै नेताहरुलाई विजयी गराएका छन्।
आसन्न नेपाली कांग्रेसको निर्वाचनमा पटकपटक अरुको लागि सहयोग गरेका पौडेलले यस पटक भने आफैं सभापति बन्ने भन्दै उम्मेद्वारी दिएका पौडेलको पक्षमा असली कार्यकर्ता देखिएका छन्। खुसीयाली छाएको छ र जिताउन योजना बनाउन थालेका छन्। पौडेल टुप्पोबाट हैन फेदैबाट पलाएको नेतृत्व भएकाले त्यस्तो गर्विलो नेतृत्व पाउने भएपछि कांग्रेसका कार्यकर्ता दङ्ग छन्।
निर्वाचनमा उम्मेद्वारी घोषणा गरेसँगे पौडेलले आफूले नेपाली कांग्रेसमा लाग्ने निष्ठावान कार्यकर्ताको लागि र उनीहरुको आत्मसम्मानको लागि सभापति पदमा उम्मेद्वारी दिएको बताए। मैले अग्रजलाई निरन्तर सम्मान गरें अब मेरो पनि सभापति बन्ने समय आएकाले सो पदमा उम्मेद्वारी दिएको हुँ, पौडेलले भने।
उनले अग्रज नेताहरुको सम्मानका लागि आफूले उम्मेद्वारी दिएको बताउँदै काभ्रेका राजदास, गोपालदास, सप्तलाल, श्रीराम कर्माचार्य लगायत तमाम अग्रज नेताहरुको सम्मानको लागि आफू अघि बढेको बताए। आसन्न निर्वाचनमा त्याग र निष्ठालाई जोगाउँदै कांग्रेसको विरासत कायम राख्नको लागि आफूलाई र आफ्नो टिमलाई मतदान गर्न अनुरोध गरेका छन्।































प्रतिक्रिया