दार्चुलाका एमाले प्रतिनिधि भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ

दार्चुलाका एमाले प्रतिनिधि भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ

केन्द्रबिन्दु
0
Shares

एमालेको १०औँ महाधिवेशनका लागि दार्चुलाबाट प्रतिनिधिसहितको टोली बुधवार चितवनतर्फ गएको छ । १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाभन्दा बढीको टोली चितवनतर्फ गएको एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिसमेत रहेका बडालले अध्यक्ष केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने बताएका छन् । देशभर वडादेखि पालिकासम्मको अधिवेशन अधिकांश सहमतिमा भएको तथा पार्टी एक ढिक्का भएर अघि बढिरहेकाले सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने आफूहरूको आसा रहेको उनको भनाइ छ । 

‘सर्वसम्मत हुन नसकेमा स्वाभाविक रूपमा लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचन हुनेछ, पार्टीको निर्वाचनमा कसले जित्यो वा हार्‍याेभन्दा पनि सहभागिता ठूलो कुरा हो,’ बडालले भने । 

एमालेको १०औँ महाधिवेशनका लागि दार्चुलाबाट पार्टी अध्यक्ष रामदत्त जोशी, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहरालगायत एमाले नेता देवसिंह महर, हरदेव जोशी, लालबहादुर विक, दानीराम पार्की, उर्मिला बोहरा, मेनुका अवस्थी, गौरी बडाल र दुर्गादेवी धामी गरी १२ जना महाधिवेशन प्रनितिधि छनोट भएका थिए ।

Skip This
Skip This
Logo