नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन्। सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन्।
मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो। उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको थियाे।
साेही सहमति अनुसार जिल्ला उपाध्यक्षमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन्। सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् भने सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का बनेका छन्।
प्रदेश निर्वाचन क्षेत्र नम्बर 'क' को सभापतिमा महेन्द्र केसी र 'ख'को सभापतिमा भद्रबहादुर विष्ट छानिएका छन्।































प्रतिक्रिया