एमाले महाधिवेशन: सचिवबाट पछि नहट्ने शेरधन राईको अडान

एमाले महाधिवेशन: सचिवबाट पछि नहट्ने शेरधन राईको अडान

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले १० औँ महाधिवेशनमा सचिव पदबाट पछि नहट्ने बताएका छन् । 

उनले केन्द्रबिन्दुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । उनले भने ‘पार्टी प्रतिको मेरो योगदान र कर्मनिष्ठतालाई ध्यानमा राख्दै म सचिव पदका लागि योग्य छु भन्ने ठानेको छु । १० औँ राष्ट्रिय महाधिवेशनमा मेरो सचिव पदमा दाबेदारी रहने छ । यसबाट पछि हट्ने सोचेको छैन ।’

नेकपा एमालेको पोलिट ब्युरो सदस्य समेत रहेका राई पूर्व सूचना तथा सञ्चर मन्त्री समेत हुन् ।

Logo