नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ। उनले भने, 'आज उम्मेदवारी दर्तादेखि अन्तिम नामाोली प्रकाशनको कार्यक्रम हुन्छ। निर्वाचन भने भोली हुनेछ।'
रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्तरुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ।































प्रतिक्रिया