चिकित्सक जसले यौन सम्पर्कपछि भाइरस कमजोर हुन्छ भन्दै युवतीलाई निर्वस्त्र पारे

चिकित्सक जसले यौन सम्पर्कपछि भाइरस कमजोर हुन्छ भन्दै युवतीलाई निर्वस्त्र पारे

केन्द्रबिन्दु
0
Shares

इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन्। ६० वर्षीय डा. जिओभियानी मिनिलो बिरामीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका हुन्। गाइनोलोजिस्टसमेत रहेका उनले यौन सम्पर्कपछि महिलाको रोग निको हुने दाबी गर्दै युवतीलाई ‘सेक्स’ गर्न कर गरेका थिए।

रोग उपचार गर्न गएकी युवती एक नायिका भएको बुझिएको छ। ती चिकित्सकका अनुसार उनी पापिलोमाभाइरस (एचपीभी) बाट पीडित थिइन्। यो भाइरस यौन सम्पर्कका कारण सर्छ र कालान्तरमा क्यान्सर बनाउँछ।

भाइरसका लागि प्रतिरोध क्षमता आवश्यक पर्ने भएकोले भन्दै उनले यौन सम्पर्क गर्न कर गरेका थिए। यौन सम्पर्कबाट भाइरसविरुद्ध लड्ने रोग प्रतिरोध क्षमता बढ्ने हुने उनको दाबी थियो।

३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए। अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सकले सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छ।

जति प्रयास गर्दा पनि गर्भ नरहेपछि युवती  मिनिलोकहाँ परीक्षण गर्न गएकी थिइन्। परीक्षणपछि ती चिकित्सकले महिलामा एचपीभीको लक्षण देखिएको बताएका थिए।

‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु। मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए।

पीडित महिलाले चिकित्सकले आफ्नो स्तनलगायत संवेदनशिल अंग छोएको बताएकी छिन्। चिकित्सकले आफूलाई साना स्तन मन पर्ने महिलालाई बताएका थिए।एजेन्सी

Logo