नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ।
यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नारायणी नदीको पुल भरिएको छ। यो पुलको म्याद सकिइसकेको छ। म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ। यसलाई सर्वसाधारणले जोखिमपूर्ण मानेका छ।
नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ। याे पुल २०३७ सालमा निर्माण भएकाे थियाे।
यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए। तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ।
महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ।
यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिँडेका प्रतिनिधि र सर्वसाधारण अझै आइपुगेका छैनन्।































प्रतिक्रिया