प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्।

एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन्।

‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो। म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने।

देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवासँगै मञ्चमा बसेका हुन्।

Logo